सफलताको यात्रामा प्रेरणा
लोकसेवा तयारी एपमा प्रेरणादायक सामग्रीहरू पढ्नुहोस् र आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउनुहोस्

हो! तपाई जीवनमा केही बन्न सक्नुहुन्छ ।
जब बजारमा साग बेच्ने केटा विख्यात वैज्ञानिक थोम एडिसन बन्न सक्छ भने ।

के तपाई माथी उठ्ने साहस गर्न सक्नुहुन्छ ?
सामान्य जीवनबाट माथी उठ्ने साहस गर्नेहरूले नै सफलता चुमेका छन् । चार्ली च्याप्लीन खानाका लागि भिख माग्दथे, अल्बर्ट आइन्स्टाइनले पिउनको नोकरी गर्थे, स्टिभ जब्स् फालिएका कवाडी बेच्दथे, राइट दाजुभाइ थोत्रा साइकल मर्मत गर्दथे, माइकल फराडे पत्रिका बेच्थे, जे के रोलिङले ह्यारी पोर्टर फालिएको कागजमा लएखेकी थिइन, जोन बेयर्डले गरिबी र तिरस्कारका बिच टिभीको आविष्कार गरेका थिए, टेलिफोनको आविष्कार त अध्यारो र गन्हाउने कोठामा भएको थियो ।

सफलताको निम्ति साहस
यदि मैले चन्द्रमामा पाइलो टेक्ने प्रथम व्यक्ति को हुन् भनेर सोधे भने, प्रायः ले सहि जवाफ दिनुहुनेछ, -'निल आर्मस्ट्रङ' । तर दोश्रो व्यक्ती को हुन भनि सोधेमा, म ठोकेरै भन्न सक्छु एकाधले मात्र त्यो नाम भन्न सक्नुहुनेछ ।

प्रेरक भनाइ, जसले हाम्रो सोच बदल्छ
समय निरन्तर चलिरहन्छ, समयकै यात्रामा हामी हुन्छौ, यात्रा गरिरहेका हुन्छौ, कहिले गन्तव्यमा पुग्छौ त कहिले नपुग्दै थाक्छौ । सफलता असफलता हाम्रो सोचले पनि निर्धारण गर्छ, समयको पहिचान गरेऔ र कसैबाट प्रेरणा लिन सक्यौ भने हामी जीवनको दौडमा सफलता हासील गर्न सक्छौं ।

सफल हुन छ भने किताब पढ्नुहोस् !
एउटा सुविख्यात भनाइ छ– रीडर्स आर लीडर्स अर्थात् पढुवा नै अगुवा हुन् । भनाइको अर्थ, जति बढी पढिन्छ त्यति नै नेतृत्व गरिन्छ । यो भनाइ अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिङ्कनमा सत्–प्रतिशत लागू भएको देखिन्छ ।

सफलताका लागि नकरात्मकताको उपयोग
नकारात्मक कुरा भनेको आगो जस्तै हुन्छ, सीधै छोएमा हात-खुट्टा जल्छ तर त्यसमाथी खाना बसालेमा पाक्छ । आगोलाई फालेमा खाना कस्ले पकाउछ ? अतः नकरात्मक कुराको सदुपयोग गर्नुबाटै मान्छे महान् बन्ने हो ।

ठूलो खतरा नै ठूलो सफलता
मार्क जुकरबर्ग सन् २००४ मा एक सामान्य विद्यार्थी थिए । उनी अमेरिकाको प्रसिद्ध हार्वर्ड युनिभर्सिटीमा पढ्दै थिए । हार्वर्ड बसाइकै क्रममा उनले एउटा हार्वर्ड कनेक्ट वेबसाइटबारे थाहा पाए । यो वेबसाइट क्यामरोन र टाइलर विंकलवस दाजुभाइले बनाएका थिए । यो वेबसाइट देखेपछि जुकरबर्गको मनमा यस्तै केही गर्न सके हुन्थ्यो भन्ने लाग्यो ।

तपाई कती धनी ?
अलेक्जेण्डर महान् विश्व विजय गर्दै भारतसम्म आइपुगेका थिए । भारतबाट फर्कन लाग्दा त्यहाबाट सोभिनियरको रूपमा एक ज्ञानी सन्त लैजाने उनले विचार गरे र आफ्ना सैनिकलाई सन्त खोज्न निर्देशन दिए । सैनिकहरू खोज्दै डण्डामिसको झुपडीमा पुगे । र, सम्राटले बोलाएको कुरा राखे ।

सफलताको चाबी: जोखिम उठाउन तयार हुनुहोस्!
कायर हुनुहुन्छ ? हुनुहुन्न भने उठाउनुस् जोखिम यही सफलाको चाबी हो ।

सात पढ्नैपर्ने भनाइहरू
१. हिजो म बाठो थिए यसैले म संसार बदल्न चाहन्थे, आज म समझदार भएको छु यसैले आफैलाई बदल्न चाहन्छु ।

विचार र संघर्षले दिन्छ सफलता
चालिस लाख वर्ष अघि अफ्रिकामा रहने एक जमात बाँदरमा रूखबाट झरेर हिड्ने भाव जाग्छ । उनीहरूले रूख छोड्छन् र उभिएर हिड्न संघर्ष गर्दछन् । उनीहरू अष्ट्रेलोपिथिकस (LUCY) जातका बादर थिए ।

पढाइमा ध्यान केन्द्रित गराउने केही प्रभावकारी उपायहरू
पढाइमा ध्यान केन्द्रित गराउने केही प्रभावकारी उपायहरू जसले तपाईंको अध्ययनलाई गम्भीर, नियमित र प्रभावकारी बनाउन उपयोगी हुनेछन :- 🌺 १. अध्ययनको लागि उपयुक्त वातावरण बनाउने 🛑शान्त र व्यवस्थित स्थान रोज्नुहोस् (जस्तै: पुस्तकालय, छुट्टै अध्ययन कक्ष)। 🛑मोबाइल, टिभी, सामाजिक सञ्जालजस्ता विचलित गर्ने चीजहरू हटाउनुहोस्। 🛑आवश्यक सामग्री (किताब, कपी, कलम आदि) अघिनै तयार राख्नुहोस्। २. लक्ष्य निर्धारण गर्ने (Goal Setting) 🛑साना–साना लक्ष्यहरू बनाउनुहोस् (जस्तै: " १ घण्टामा २ पृष्ठ पढ्नेछु")। 🛑ठूला विषयलाई स-साना खण्डमा विभाजन गर्नुहोस्। (किताब लाई Chapter-chapter मा घटाउने ) 🛑 आफ्नै भाषा शैलीमा बुझिने गरी लेख्ने , सम्बन्धित विषय/पाठ बारे झट्ट सम्झदा के याद आउँछ सो लाई टिपोट गर्ने बानी गर्ने । 🛑लक्ष्य पुरा भएपछि सटीक विश्राम लिने । ३. Pomodoro Technique प्रयोग गर्ने 🛑२५ मिनेट पढ्ने + ५ मिनेट बिश्राम (यो एक Pomodoro भनिन्छ)। 🛑 कसैकसैलाई Doodle method ले पनि ध्यान केन्द्रित गर्न सहजता हुन्छ । ४ Pomodoro पछि १५-३० मिनेटको लामो विश्राम लिनुहोस्। 🛑यसले दिमागलाई थकाई नलाग्ने र ध्यान केन्द्रित गरिरहने बनाउँछ। ४. हातले लेखेर लेख्दै पढ्ने अभ्यास गर्ने 🛑लेख्दै गर्दा ध्यान स्वतः केन्द्रित हुन्छ, लामो समय सम्म याद पनि रहन्छ । 🛑पढिएको कुरा संक्षेपमा नोट बनाउने बानीले सम्झना बढाउँछ। ५. ध्यान केन्द्रित गर्न ध्यान (meditation) गर्ने 🛑हरेक दिन ५–१० मिनेट श्वास-प्रश्वासमा ध्यान केन्द्रित गर्ने अभ्यास गर्नुहोस्। 🛑यसले मानसिक अशान्ति हटाएर अध्ययनमा स्थिरता ल्याउँछ। ६. अनुकूल समयतालिका बनाउने (Routine Making) 🛑दैनिक पढ्ने समय तय गर्नुहोस् (उदाहरण: बिहान ५–७, बेलुकी ५–८)। 🛑नियमितता हुँदै गएपछि दिमाग आफैँ पढाइको लागि तयार हुन्छ। ७. Positive Affirmation र Visualization प्रयोग गर्ने 🛑"म ध्यानपूर्वक पढ्न सक्छु", "म सम्झन सक्छु" जस्ता सकारात्मक वाक्यहरूमाथि विश्वास गर्नुहोस्। 🛑आफूलाई सफलता प्राप्त गरिरहेको कल्पना गर्नुहोस् – यसले प्रेरणा दिन्छ। ८. स्वस्थ जीवनशैली अपनाउने 🛑समयमै सुत्ने र उठ्ने, सन्तुलित खाना खाने, हल्का व्यायाम गर्ने। 🛑शरीर स्वस्थ भयो भने दिमाग पनि सजग र ध्यान केन्द्रित रहन्छ। ९. डिजिटल अध्ययन सामग्री विवेकपूर्वक प्रयोग गर्ने 🛑Audio-books, videos, flashcards आदि माध्यम प्रयोग गर्दा ध्यान बाँध्न सहयोग पुर्याउँछ। 🛑तर अत्यधिक मोबाइल प्रयोगले ध्यान भङ्ग गर्न सक्छ – सन्तुलनमा राख्नुहोस्। १०. आत्म-अवलोकन गर्ने (Self-Reflection) 🛑हरेक दिनको अन्त्यमा आज के पढियो? कति ध्यान लाग्यो? मूल्याङ्कन गर्ने बानी बसाल्नुहोस्।

आजको सुत्र
आजको सुत्र असफलताको डर लाग्छ, केहि गर्न नसकिएला कि भन्ने पिर लाग्छ, भने जस्तो साथ सहयोग पाइदैन, खोजे जस्तो आडभरोसा पनि छैन, एक्लै कति जुध्नु भन्ने प्रश्न उठ्छ । सबै सामान्य हो यो । सबैलाई लाग्छ । नभन्ने मात्रै हुन्, नत्र कसको जिन्दगीमा गच्छे अनुसारको पिर छैन ? जीवन यहि हो । यसमैं हो संघर्ष गर्नु पर्ने । यहि संघर्ष पछि पाइने हो खुसी र मिठो निन्द्रा । नथाक्नु है ।

उद्देश्यको उडान
'उद्देश्य के लिनु उडि छुनु चन्द्र एक' साथीहरू, “सानो उद्देश्य लिएर बाँच्नु अपराध हो।” यो अभिव्यक्ति भारतका पूर्व राष्ट्रपति डा. ए.पी.जे. अब्दुल कलामको हो। हामीलाई लाग्न सक्छ — किन नि, म त ठीकसँग बाँचिरहेको छु। मैले कसैलाई दुःख दिएको छैन, कसैमाथि अन्याय र अत्याचार गरेको छैन। त्यसैले म ठिकै छु भन्ने सोच राख्छौँ। तर याद राख्नुहोस्, साथीहरू, जीवनमा महान उद्देश्य नभएपछि मान्छे हुनु र नहुनुको कुनै अर्थ हुँदैन। त्यो भनेको मान्छे भएर पनि जनावर जस्तै बाँच्नु हो। त्यसैले, मान्छे धरतीमा आइसकेपछि, मान्छे भएर जन्मिसकेपछि, उ सँग कुनै बहाना हुनु हुँदैन कि मैले महान काम नगर्नुको कारण यो हो भनेर। साथीहरू, याद राख्नुहोस्, जसको जीवनमा महान सपना हुन्छ, महान उद्देश्य हुन्छ, ती मान्छेहरू हिटर जस्तो शक्तिशाली मान्छे बाट पनि मारिँदैनन्। संसारका सबैभन्दा कठोर र शक्तिशाली मानिसहरूले पनि तिनीहरूलाई सिध्याउन सक्दैनन्। यिनिहरूलाई संसारको सबैभन्दा ठूलो शक्तिले पनि दबाउन सक्दैन। यही हो अजेय शक्ति वा अपराजित शक्ति! यही हो मान्छे भित्रको वास्तविक मान्छे। त्यसैले हामीले अहिले नै सानो उद्देश्य लिएर बाँच्नु अपराध नगर्ने प्रतिज्ञा / संकल्प आजबाट, यहाँबाट नै गरौँ। श्रीषा पौडेल

लोकसेवामा नाम निकाल्ने 15 वटा मूल मन्त्रहरु
लोकसेवामा नाम निकाल्ने 15 वटा मूल मन्त्रहरु ************************************** १. "किन?" को उत्तर खोज्नुहोस् – लक्ष्य केवल जागिर होइन, जिम्मेवारी हो, आफूलाई दिनहुँ सम्झाउनुहोस् – तपाई किन लोकसेवा पास गर्न चाहनुहुन्छ ? केवल पैसा र प्रतिष्ठाका लागि हो ? कि समाज परिवर्तनका लागि ? स्पष्ट उद्देश्यले तपाईको तयारीमा गहिरो इन्धन दिन्छ । २. किताब होइन, सेलेबस पढ्नुहोस्: धेरै किताब होइन, पाठ्यक्रम (syllabus) प्राथमिक हो । हरेक पढाइको सुरुवात सिलेबस हेरेर गर्नुहोस् । त्यसले तपाईंलाई गन्तव्य नछुट्ने बनाउँछ । ३. Toppers को वा अरुको होइन, आफ्नो strategy बनाउनुहोस्: अरूको विधि सिक्नुहोस्, तर अन्धानुकरण नगर्नुहोस् । तपाई कुन समय पढ्दा productive हुनुहुन्छ ? कुन विषय कमजोर छ ? त्यही अनुसार time-table बनाउनुहोस् । ४. Limited Resources + Multiple Revisions = Success: १० किताब होइन, २ वटा राम्रो नोट्सलाई ५–७ पटक revise गर्नुहोस् ।गहिरो दोहोऱ्याइँले नै परीक्षामा ठिक उत्तर दिन सक्छ । ५. Answer Writing: तयारीको दिल ज्ञान मात्र होइन, अभिव्यक्ति पनि हरेक हप्ता कम्तिमा २-३ वटा यसले time management, प्रश्नको उत्तर लेख्ने बानी बसाल्नुहोस् । presentation र clarity दिन्छ । ६. Current Affairs: Life-line of Loksewa दैनिक समाचार, मासिक म्यागजिन, र सरकारी वेबसाइट अपडेट गरिराख्नुहोस्। बुझेर पढ्नुहोस् – याद गरेर होइन, logic मिलाएर । ७. Mock Test: डर हटाउने औषधि Mock परिक्षामा समय अनुसार लेख्ने बानी बनाउनुहोस् । यसले तपाईंलाई परीक्षा को वास्तविक अनुभव दिन्छ । ८. कमजोरी लेखेर झुण्ड्याउनुहोस् – नजरपर्दा सुधार हुन्छ तपाईका कमजोर विषय, कमजोर आदतहरू लेखेर पढ्ने ठाउँमा टाँस्नुहोस् । दिनहुँ याद गर्दा सचेत र सजग रहन सकिन्छ । ९. Self-discipline > Motivation मोटिभेसन एक दिनको कुरा हो, डिसिप्लिन जीवन बदल्ने कुरा । हरेक दिन निश्चित घण्टा बिनाबाधा पढ्ने आदत बसाल्नुहोस् । १०. "No Zero Days" – हरेक दिन केही न केही पढ्नुहोस् जे भए पनि, दिनमा कम्तिमा १ घण्टा पढ्नुहोस् । निरन्तरता नै JUL सफलता हो । ११. Study + Reflection = Real Learning पढेपछि ५ मिनेट त्यही कुरा सम्झिनुहोस् - "के सिके आज ?" रिविजन गर्न सजिलो र दीर्घकालीन सम्झनामा राख्न सहयोग गर्छ । १२. साथी बनाऊँ – किताबलाई, मोबाइललाई होइन: मोबाइल, टिकटक, गेम्सको लतलाई पर राख्नुहोस् । किताब, नोट्स र ज्ञानवर्धक कुरा तपाईका साथी हुन् । १३. Failure is not opposite of succ success, it's part of it. असफलताले सिकाउँछ – किन पछि परियो, के सुधार गर्ने ? गिरनु अपराध होइन, उठेर लड्नु गौरव हो । १४. Meditation + Exercise = Sharp Mind: दिनको १० मिनेट ध्यान र ३० मिनेट हिँडडुलले मानसिक ऊर्जा बढाउँछ ! तनाव घटाउँछ, फोकस बढाउँछ । ◎ १५. "Result मेरो होइन, प्रयास मेरो हो" भन्ने mindset राख्नुहोस्: परिणाम तपाईको हातमा छैन, तर प्रयास तपाईको नियन्त्रणमा छ । हरेक दिन इमानदार तयारी गर्नुहोस्, सफलता तपाईं पछ्याउँछ । यसरी माथि उल्लेखित 15 वटा विधि मा बाधिएर आफ्नो अध्ययन मा गहनता ल्याउन अवस्य सक्षम हुनुहुनेछ ! सबैको निजामती बन्ने सपना पुरा होस् ! शुभकामना ! लोक सेवा आयोगको तयारी कसरी गर्ने १) जीवनमा जे घटना हुन्छ हाम्रा वरिपरी नै हुन्छन कहिले त हामीलाई पनि हुन्छ यसर्थ यस्तो भो उस्तो भो मलाई नै किन भयो ? भनेर चिन्ता लिने होइन जे आइपर्छ स्विकार्ने र आफुले बलियो भएर सामना गर्ने हो। यसर्थ अहिलेको कठिन परिस्थितीले गर्दा लोक सेवा आयोगका परिक्षा हुन्छन कि हुँदैनन भन्ने भन्दा नि कि राम्रो तयारी गरेर समय बिताउने कि यस्को बारेमा पुरै सोच्न छाडेर अरुकाम गर्ने अनी पछी खुलेसी दिन मन लगे दिनु त्यो ठीक हुन्छ पढ्न पनि नसक्ने छोड्न पनि नसक्ने चाँही हुँदैन २) जव परिस्थिती बदलिन्छ पहिला तपाईंले आफ्नै सोचेका र राम्रो व्यबहार गर्ने पनि पछी बदलिन्छन र नराम्रो गर्न पनि सक्छन तिरस्कार गर्न पनि सक्छन यसर्थ कस्ले के गर्छ मतलब नगर्ने आफु राम्रो हुँदा र नराम्रो हुँदा पनि उस्तै भए पछी कसैले तपाईंलाई हल्लाउन पनि सक्दैन यसर्थ एउटै मान्छेबाट पनि सधैं एकै किसिमको व्यबहारको अपेक्षा नगर्दा राम्रो हुन्छ। त्यसैले " शिक्षकको काम अरुलाई सिकाउने हो तर परिक्षामा शिक्षक पनि बोल्दैन" ३) जब अरुले तपाईंको जती प्रगती र उन्नती गर्न सक्दैनन उनिहरुले तपाईंहरुको कुरा काटिरहेका हुन्छन तपाईं आफ्नो काममा लागिरहनुस् कसैले जे भने पनि केही हुँदैन ४) हामी भोली गरौला भनेर केही नगरि समय खेर फाल्छौ भोली चाँही मरौला भनेर साच्ने हो अरु आजै अहिले नै गरी हाल्ने, पढाई लेखाइ आजै गर्ने बानीको बिकास गरियो भने मात्रै अपेक्षित सफलता प्राप्त गर्न सकिन्छ । ५) "आत्महत्या गर्नको लागि झुन्डिन डोरी किन्दा पसलेसँग मुल्यमा सौदावाजी गर्नु र प्रतिस्पर्धी परिक्षा दिने परिक्षार्थीले यती सकेसी पढ्छु, खुलेन भने के पढ्नु भनेर बस्नु एउटै हो" यसर्थ जुन कुराको अर्थ छैन त्यो सोचेर समय खेर फाल्नु पनि अर्को मुर्खता हो। पढिरहने मिहेनत गरिरहने तपाईंको त्यस प्रतीको लगाव देखेर कुनै काम नहुने रहेछ भने पनि कुनै दिन आँफै नियम नै तपाईंको अनुकुल हुन पनि सक्छ त्यसैले मिहेनत गरेर पढ्न कहिले नरोकिने निरन्तर पढिरहने (६) तपाईंलाई अरुले संघर्ष गरेर बिताएको, दु:ख पाएको देख्लान केही छैन तपाईं कायर भएर काम त्यागेको, कुनै कर्मबाट भागेको, लुकेको कहिले पै अरुले देख्नु हुँदैन