logo
सबै प्रेरणाहरू हेर्नुहोस्
प्रेरणादायक सामग्री

सफलताका लागि नकरात्मकताको उपयोग

2081-08-09
सफलताका लागि नकरात्मकताको उपयोग
नकारात्मक कुरा भनेको आगो जस्तै हुन्छ, सीधै छोएमा हात-खुट्टा जल्छ तर त्यसमाथी खाना बसालेमा पाक्छ । आगोलाई फालेमा खाना कस्ले पकाउछ ? अतः नकरात्मक कुराको सदुपयोग गर्नुबाटै मान्छे महान् बन्ने हो । उदाहरणार्थ, मान्छे जेलमा पर्नु कम सानो समस्या होइन तर ओ हेनरी जेलमा परेपछी मात्र साहित्यिक लेखन तर्फ हात हालेका हुन् । त्यस्तै दोस्तायवस्तीले कालजयी कृति क्राइम एण्ड पनिशमेन्ट जेलमा छदानै लेखेका थिए । एच जी वेल्स दुर्घटनाले विस्तारामा थला परेपछी यसैको सदुपयोग गरी महान् साहित्यकार बन्न सके । अमेरिकी नागरिक मिचेलको राम्रो अनुहार दुर्घटनाले कुरुप बन्छ तर उनले त्यही अनुहारलाई चुनावी नारा बनाइ संसद बन्न सफल भइन् । त्यस्तै महाकवि दाँते वेट्रिसेको असफल प्रेमले उब्जाएको पिडाबाटै साहित्यकार बन्न सकेका हुन् ।
यो प्रेरणा साझा गर्नुहोस्

अन्य प्रेरणादायक सामग्रीहरू

सफलताको चाबी: जोखिम उठाउन तयार हुनुहोस्!
2081-08-08

सफलताको चाबी: जोखिम उठाउन तयार हुनुहोस्!

कायर हुनुहुन्छ ? हुनुहुन्न भने उठाउनुस् जोखिम यही सफलाको चाबी हो ।

प्रेरणा
सफल हुन छ भने किताब पढ्नुहोस् !
2081-08-10

सफल हुन छ भने किताब पढ्नुहोस् !

एउटा सुविख्यात भनाइ छ– रीडर्स आर लीडर्स अर्थात् पढुवा नै अगुवा हुन् । भनाइको अर्थ, जति बढी पढिन्छ त्यति नै नेतृत्व गरिन्छ । यो भनाइ अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिङ्कनमा सत्–प्रतिशत लागू भएको देखिन्छ ।

प्रेरणा
प्रेरक भनाइ, जसले हाम्रो सोच बदल्छ
2081-08-06

प्रेरक भनाइ, जसले हाम्रो सोच बदल्छ

समय निरन्तर चलिरहन्छ, समयकै यात्रामा हामी हुन्छौ, यात्रा गरिरहेका हुन्छौ, कहिले गन्तव्यमा पुग्छौ त कहिले नपुग्दै थाक्छौ । सफलता असफलता हाम्रो सोचले पनि निर्धारण गर्छ, समयको पहिचान गरेऔ र कसैबाट प्रेरणा लिन सक्यौ भने हामी जीवनको दौडमा सफलता हासील गर्न सक्छौं ।

प्रेरणा

Download Our App

Get it on Google PlayDownload on the App Store