Download Our App

Download on the App StoreGet it on Google Play
logo
  • Home
  • Gorkhapatra
  • Pricing
सबै प्रेरणाहरू हेर्नुहोस्
प्रेरणादायक सामग्री

सफल हुन छ भने किताब पढ्नुहोस् !

2081-08-10
सफल हुन छ भने किताब पढ्नुहोस् !
एउटा सुविख्यात भनाइ छ– रीडर्स आर लीडर्स अर्थात् पढुवा नै अगुवा हुन् । भनाइको अर्थ, जति बढी पढिन्छ त्यति नै नेतृत्व गरिन्छ । यो भनाइ अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिङ्कनमा सत्–प्रतिशत लागू भएको देखिन्छ । त्यसबेला ओगमोन नामक एउटा गाउँमा एक जना अवकाशप्राप्त न्यायाधीश बस्थे । अब्राहम लिङ्कनले उक्त न्यायाधीशको घरेलु नोकर हुन तयार भए । तिमीलाई तलव कति चाहिन्छ, बाबु ?– न्यायाधीशले सोधे । महाशय, मलाई एक पैसा चाहिँदैन, बरु हजुरसँग भएका सबै पुस्तक पढ्ने अनुमति पाउँ,– लिङ्कनले भने । यस्तो थियो उनको पढाइप्रतिको प्रेम, पढ्न सिकेका मात्र के थिए, त्यसैबेलादेखि उनी हातमा परेका पुस्तक पूरै नपढी चैनको सास लिँदैनथे । उनी असाध्यै गरिब परिवारमा जन्मेका थिए– काठेघर र फूसको छानोमुनी । त्यसैले आफ्नो पैसाले किताब किनेर पढ्ने हैसियत उनमा थिएन । तर पुस्तक पढ्ने प्यास भने कहिल्यै मेटिएन, मरेन । अठार वर्षको उमेरसम्म उनले भाडाको गाडी चलाएर पेट भर्थे । त्यसपछि न्यूसालेममा एउटा स्टोरको म्यानेजर भएर काम गरे । दिनभरी ग्राहकसँग कारोबार मै बित्थ्यो तापनि ग्राहक नआएको मेसो प¥यो कि किताब पढ्नमै खटिन्थे उनी । राती त्यसै स्टोरमा कपडाको थान तकिया लगाएर सुत्नु पर्दा पनि पढ्न भने छोड्दैन थिए । यहाँनिर खाने मुखलाई जुँगाले छेक्दैन भन्ने उखान राम्ररी चरितार्थ भएको देखिन्छ । पछि उनले न्यूसालेममा एउटा हुलाकमा पोष्ट माष्टर भएर काम गर्न थाले । यस्तो ठाउँमा भने उनले पढ्ने मौका कहाँ पाउँदो होलान् जस्तो लाग्न सक्छ तर उनले यहाँ पनि पढ्ने बानी कायमै राखे । किताब त पढ्ने अवसर हुदैनथ्यो तर हुलाकमा भित्रिने सबै खाले पत्रपत्रिका भने पढ्न थाले । यसरी उनको ज्ञान–विज्ञानको भण्डार दिनानु दिन बढ्दै गयो । र, आफ्नो ज्ञान र विवेकलाई प्रयोग गरी अधिकतम मान्छेलाई फाइदा दिने ठाउँ राजनीति नै हो भन्ने कुरा ठम्याउन उनलाई गाह्रो परेन । अतः उनले थरिथरिका चुनावमा भाग लिँदै गए । सबै चुनाबमा हारे पनि उनको प्रयास जारी नै रह्यो र अन्ततः राष्ट्रपतिपदको लागि भएको निर्वाचनमा भने जितेर छाडे । पछि उनले भने क्ष् बm ब कयिध धबपिभच दगत क्ष् लभखभच धबपि दबअप अर्थात् म सुस्तरी बढ्ने मान्छे हँु तर म गन्तब्य नपुग्दै फर्कने मान्छे चाहिँ होइन ।
यो प्रेरणा साझा गर्नुहोस्

अन्य प्रेरणादायक सामग्रीहरू

प्रेरक भनाइ, जसले हाम्रो सोच बदल्छ
2081-08-06

प्रेरक भनाइ, जसले हाम्रो सोच बदल्छ

समय निरन्तर चलिरहन्छ, समयकै यात्रामा हामी हुन्छौ, यात्रा गरिरहेका हुन्छौ, कहिले गन्तव्यमा पुग्छौ त कहिले नपुग्दै थाक्छौ । सफलता असफलता हाम्रो सोचले पनि निर्धारण गर्छ, समयको पहिचान गरेऔ र कसैबाट प्रेरणा लिन सक्यौ भने हामी जीवनको दौडमा सफलता हासील गर्न सक्छौं ।

प्रेरणा
हो! तपाई जीवनमा केही बन्न सक्नुहुन्छ ।
2081-08-04

हो! तपाई जीवनमा केही बन्न सक्नुहुन्छ ।

जब बजारमा साग बेच्ने केटा विख्यात वैज्ञानिक थोम एडिसन बन्न सक्छ भने ।

प्रेरणा
ठूलो खतरा नै ठूलो सफलता
2081-08-07

ठूलो खतरा नै ठूलो सफलता

मार्क जुकरबर्ग सन् २००४ मा एक सामान्य विद्यार्थी थिए । उनी अमेरिकाको प्रसिद्ध हार्वर्ड युनिभर्सिटीमा पढ्दै थिए । हार्वर्ड बसाइकै क्रममा उनले एउटा हार्वर्ड कनेक्ट वेबसाइटबारे थाहा पाए । यो वेबसाइट क्यामरोन र टाइलर विंकलवस दाजुभाइले बनाएका थिए । यो वेबसाइट देखेपछि जुकरबर्गको मनमा यस्तै केही गर्न सके हुन्थ्यो भन्ने लाग्यो ।

प्रेरणा

About Us

Lok Sewa Tayari App - Nepal's trusted platform for PSC preparation. Get study materials, mock tests, and daily current affairs in one place. Track your progress and stay ahead with expert guidance. Achieve your government job dreams with us!

Sewa Services

    संगठित संस्थाहरुको पूर्व योग्यता परिक्षा Public Service CommissionNepal PoliceNepal ArmyEngineeringTeachers Service CommissionNepal Health ServiceDepartment of Security Services and InvestigationsBankingसंस्थान

Quick Links

  • About
  • Privacy Policy
  • Pricing
  • Contact Us
  • Syllabus
  • Practice
  • Motivations
  • News
  • Forum
  • FAQ
  • Nepali Patro

Contact

  • loksewatayariapp@gmail.com
  • +977 9815126740
  • Download App

© 2024 Loksewa Tayari App. All rights reserved | Powered By Nep Tech Pal