logo
सबै प्रेरणाहरू हेर्नुहोस्
प्रेरणादायक सामग्री

के तपाई माथी उठ्ने साहस गर्न सक्नुहुन्छ ?

2081-08-03
के तपाई माथी उठ्ने साहस गर्न सक्नुहुन्छ ?
सामान्य जीवनबाट माथी उठ्ने साहस गर्नेहरूले नै सफलता चुमेका छन् । चार्ली च्याप्लीन खानाका लागि भिख माग्दथे, अल्बर्ट आइन्स्टाइनले पिउनको नोकरी गर्थे, स्टिभ जब्स् फालिएका कवाडी बेच्दथे, राइट दाजुभाइ थोत्रा साइकल मर्मत गर्दथे, माइकल फराडे पत्रिका बेच्थे, जे के रोलिङले ह्यारी पोर्टर फालिएको कागजमा लएखेकी थिइन, जोन बेयर्डले गरिबी र तिरस्कारका बिच टिभीको आविष्कार गरेका थिए, टेलिफोनको आविष्कार त अध्यारो र गन्हाउने कोठामा भएको थियो । उनीहरूले जस्तोसुकै विकराल परिस्थीतीका बाबजुद पनि माथी उठ्ने फैसला गरेका थिए र त उनीहरू सफलतासम्मै पुगे । सपनाको लहरोसमाती माथी चढ्ने साहसीहरूका लागि नै सफलता भन्ने चिज बनेको हो । यसर्थ, आफ्नो सपना पक्डिनुस् र जस्तो अवस्था छ त्यँहीबाट माथी उठ्ने साहस लिनुहोस् । सफलता ताईलाई नै कुरेर बसिरहेको छ ।
यो प्रेरणा साझा गर्नुहोस्

अन्य प्रेरणादायक सामग्रीहरू

आजको परिश्रम, भोलिको सफलता
2082-05-16

आजको परिश्रम, भोलिको सफलता

📚 आज ६ घण्टा पढ्, नत्र भोलि १३ घण्टा पसिना बगाउनुपर्नेछ। पढाइ बोझ होइन, यो स्वतन्त्रताको सुनौलो चाबी हो। 🔐 यो सजाय होइन, न त अरूले थोपरेको भार। यो त जीवनको ढोका खोल्ने शक्तिशाली अस्त्र हो। आजको ६ घण्टा पढाइले भोलिको सुखद, आत्मनिर्भर जीवनको बाटो बनाउँछ। भोलि गर्मीमा चप्पल नलगाई मजदुरी गर्ने, घर पाल्न पसिनासँग आँसु मिसाएर संघर्ष गर्ने, अभावका रातहरू र खाली पेटसँग लड्ने— यी सबै आजको पढाइले रोक्न सक्छ। 📖 पढाइ केवल अक्षर चिन्न होइन। यो त आफ्नो मूल्य, पहिचान, अधिकार र अस्तित्व बुझ्ने शक्ति हो। पढाइले तिमीलाई ठग प्रवृत्तिबाट बचाउँछ, अधिकारको लागि बोल्न सिकाउँछ, र आफ्नो परिश्रमको सही मूल्य माग्न सक्षम बनाउँछ। 👩‍🏫 शिक्षा नहुँदा तिमी मजदुर हौ, शिक्षा भए तिमी आफ्नो भाग्यको मालिक हौ। पढाइले खोल्छ नयाँ बाटो, साकार पार्छ सपना, दुःखलाई जितेर रमाइलो जीवन जिउन साहस दिन्छ। 👉 जो बच्चाहरूले आज ६ घण्टा मन लगाएर पढ्छन्, उनीहरूले भोलिको १३ घण्टाको परिश्रम बचाउने अवसर बनाउँछन्। तर आजको अल्छी भोलिको आँसु मात्र हुन्छ। पढ्न पाउनु भाग्य हो, त्यसको सम्मान गर। आज पढ्, भोलिको जीवन बदल। आज लड, भोलि उड। ✨ श्रीषा पौडेल

प्रेरणा
हो! तपाई जीवनमा केही बन्न सक्नुहुन्छ ।
2081-08-04

हो! तपाई जीवनमा केही बन्न सक्नुहुन्छ ।

जब बजारमा साग बेच्ने केटा विख्यात वैज्ञानिक थोम एडिसन बन्न सक्छ भने ।

प्रेरणा
सफलताका लागि नकरात्मकताको उपयोग
2081-08-09

सफलताका लागि नकरात्मकताको उपयोग

नकारात्मक कुरा भनेको आगो जस्तै हुन्छ, सीधै छोएमा हात-खुट्टा जल्छ तर त्यसमाथी खाना बसालेमा पाक्छ । आगोलाई फालेमा खाना कस्ले पकाउछ ? अतः नकरात्मक कुराको सदुपयोग गर्नुबाटै मान्छे महान् बन्ने हो ।

प्रेरणा

Download Our App

Get it on Google PlayDownload on the App Store