सात पढ्नैपर्ने भनाइहरू

अन्य प्रेरणादायक सामग्रीहरू

ठूलो खतरा नै ठूलो सफलता
मार्क जुकरबर्ग सन् २००४ मा एक सामान्य विद्यार्थी थिए । उनी अमेरिकाको प्रसिद्ध हार्वर्ड युनिभर्सिटीमा पढ्दै थिए । हार्वर्ड बसाइकै क्रममा उनले एउटा हार्वर्ड कनेक्ट वेबसाइटबारे थाहा पाए । यो वेबसाइट क्यामरोन र टाइलर विंकलवस दाजुभाइले बनाएका थिए । यो वेबसाइट देखेपछि जुकरबर्गको मनमा यस्तै केही गर्न सके हुन्थ्यो भन्ने लाग्यो ।

उद्देश्यको उडान
'उद्देश्य के लिनु उडि छुनु चन्द्र एक' साथीहरू, “सानो उद्देश्य लिएर बाँच्नु अपराध हो।” यो अभिव्यक्ति भारतका पूर्व राष्ट्रपति डा. ए.पी.जे. अब्दुल कलामको हो। हामीलाई लाग्न सक्छ — किन नि, म त ठीकसँग बाँचिरहेको छु। मैले कसैलाई दुःख दिएको छैन, कसैमाथि अन्याय र अत्याचार गरेको छैन। त्यसैले म ठिकै छु भन्ने सोच राख्छौँ। तर याद राख्नुहोस्, साथीहरू, जीवनमा महान उद्देश्य नभएपछि मान्छे हुनु र नहुनुको कुनै अर्थ हुँदैन। त्यो भनेको मान्छे भएर पनि जनावर जस्तै बाँच्नु हो। त्यसैले, मान्छे धरतीमा आइसकेपछि, मान्छे भएर जन्मिसकेपछि, उ सँग कुनै बहाना हुनु हुँदैन कि मैले महान काम नगर्नुको कारण यो हो भनेर। साथीहरू, याद राख्नुहोस्, जसको जीवनमा महान सपना हुन्छ, महान उद्देश्य हुन्छ, ती मान्छेहरू हिटर जस्तो शक्तिशाली मान्छे बाट पनि मारिँदैनन्। संसारका सबैभन्दा कठोर र शक्तिशाली मानिसहरूले पनि तिनीहरूलाई सिध्याउन सक्दैनन्। यिनिहरूलाई संसारको सबैभन्दा ठूलो शक्तिले पनि दबाउन सक्दैन। यही हो अजेय शक्ति वा अपराजित शक्ति! यही हो मान्छे भित्रको वास्तविक मान्छे। त्यसैले हामीले अहिले नै सानो उद्देश्य लिएर बाँच्नु अपराध नगर्ने प्रतिज्ञा / संकल्प आजबाट, यहाँबाट नै गरौँ। श्रीषा पौडेल

हो! तपाई जीवनमा केही बन्न सक्नुहुन्छ ।
जब बजारमा साग बेच्ने केटा विख्यात वैज्ञानिक थोम एडिसन बन्न सक्छ भने ।