आजको सुत्र

अन्य प्रेरणादायक सामग्रीहरू

प्रेरक भनाइ, जसले हाम्रो सोच बदल्छ
समय निरन्तर चलिरहन्छ, समयकै यात्रामा हामी हुन्छौ, यात्रा गरिरहेका हुन्छौ, कहिले गन्तव्यमा पुग्छौ त कहिले नपुग्दै थाक्छौ । सफलता असफलता हाम्रो सोचले पनि निर्धारण गर्छ, समयको पहिचान गरेऔ र कसैबाट प्रेरणा लिन सक्यौ भने हामी जीवनको दौडमा सफलता हासील गर्न सक्छौं ।

सात पढ्नैपर्ने भनाइहरू
१. हिजो म बाठो थिए यसैले म संसार बदल्न चाहन्थे, आज म समझदार भएको छु यसैले आफैलाई बदल्न चाहन्छु ।
आजको परिश्रम, भोलिको सफलता
📚 आज ६ घण्टा पढ्, नत्र भोलि १३ घण्टा पसिना बगाउनुपर्नेछ। पढाइ बोझ होइन, यो स्वतन्त्रताको सुनौलो चाबी हो। 🔐 यो सजाय होइन, न त अरूले थोपरेको भार। यो त जीवनको ढोका खोल्ने शक्तिशाली अस्त्र हो। आजको ६ घण्टा पढाइले भोलिको सुखद, आत्मनिर्भर जीवनको बाटो बनाउँछ। भोलि गर्मीमा चप्पल नलगाई मजदुरी गर्ने, घर पाल्न पसिनासँग आँसु मिसाएर संघर्ष गर्ने, अभावका रातहरू र खाली पेटसँग लड्ने— यी सबै आजको पढाइले रोक्न सक्छ। 📖 पढाइ केवल अक्षर चिन्न होइन। यो त आफ्नो मूल्य, पहिचान, अधिकार र अस्तित्व बुझ्ने शक्ति हो। पढाइले तिमीलाई ठग प्रवृत्तिबाट बचाउँछ, अधिकारको लागि बोल्न सिकाउँछ, र आफ्नो परिश्रमको सही मूल्य माग्न सक्षम बनाउँछ। 👩🏫 शिक्षा नहुँदा तिमी मजदुर हौ, शिक्षा भए तिमी आफ्नो भाग्यको मालिक हौ। पढाइले खोल्छ नयाँ बाटो, साकार पार्छ सपना, दुःखलाई जितेर रमाइलो जीवन जिउन साहस दिन्छ। 👉 जो बच्चाहरूले आज ६ घण्टा मन लगाएर पढ्छन्, उनीहरूले भोलिको १३ घण्टाको परिश्रम बचाउने अवसर बनाउँछन्। तर आजको अल्छी भोलिको आँसु मात्र हुन्छ। पढ्न पाउनु भाग्य हो, त्यसको सम्मान गर। आज पढ्, भोलिको जीवन बदल। आज लड, भोलि उड। ✨ श्रीषा पौडेल
