logo
सबै प्रेरणाहरू हेर्नुहोस्
प्रेरणादायक सामग्री

आजको परिश्रम, भोलिको सफलता

2082-05-16
आजको परिश्रम, भोलिको सफलता
📚 आज ६ घण्टा पढ्, नत्र भोलि १३ घण्टा पसिना बगाउनुपर्नेछ। पढाइ बोझ होइन, यो स्वतन्त्रताको सुनौलो चाबी हो। 🔐 यो सजाय होइन, न त अरूले थोपरेको भार। यो त जीवनको ढोका खोल्ने शक्तिशाली अस्त्र हो। आजको ६ घण्टा पढाइले भोलिको सुखद, आत्मनिर्भर जीवनको बाटो बनाउँछ। भोलि गर्मीमा चप्पल नलगाई मजदुरी गर्ने, घर पाल्न पसिनासँग आँसु मिसाएर संघर्ष गर्ने, अभावका रातहरू र खाली पेटसँग लड्ने— यी सबै आजको पढाइले रोक्न सक्छ। 📖 पढाइ केवल अक्षर चिन्न होइन। यो त आफ्नो मूल्य, पहिचान, अधिकार र अस्तित्व बुझ्ने शक्ति हो। पढाइले तिमीलाई ठग प्रवृत्तिबाट बचाउँछ, अधिकारको लागि बोल्न सिकाउँछ, र आफ्नो परिश्रमको सही मूल्य माग्न सक्षम बनाउँछ। 👩‍🏫 शिक्षा नहुँदा तिमी मजदुर हौ, शिक्षा भए तिमी आफ्नो भाग्यको मालिक हौ। पढाइले खोल्छ नयाँ बाटो, साकार पार्छ सपना, दुःखलाई जितेर रमाइलो जीवन जिउन साहस दिन्छ। 👉 जो बच्चाहरूले आज ६ घण्टा मन लगाएर पढ्छन्, उनीहरूले भोलिको १३ घण्टाको परिश्रम बचाउने अवसर बनाउँछन्। तर आजको अल्छी भोलिको आँसु मात्र हुन्छ। पढ्न पाउनु भाग्य हो, त्यसको सम्मान गर। आज पढ्, भोलिको जीवन बदल। आज लड, भोलि उड। ✨ श्रीषा पौडेल
यो प्रेरणा साझा गर्नुहोस्

अन्य प्रेरणादायक सामग्रीहरू

ठूलो खतरा नै ठूलो सफलता
2081-08-07

ठूलो खतरा नै ठूलो सफलता

मार्क जुकरबर्ग सन् २००४ मा एक सामान्य विद्यार्थी थिए । उनी अमेरिकाको प्रसिद्ध हार्वर्ड युनिभर्सिटीमा पढ्दै थिए । हार्वर्ड बसाइकै क्रममा उनले एउटा हार्वर्ड कनेक्ट वेबसाइटबारे थाहा पाए । यो वेबसाइट क्यामरोन र टाइलर विंकलवस दाजुभाइले बनाएका थिए । यो वेबसाइट देखेपछि जुकरबर्गको मनमा यस्तै केही गर्न सके हुन्थ्यो भन्ने लाग्यो ।

प्रेरणा
तपाई कती धनी ?
2081-08-11

तपाई कती धनी ?

अलेक्जेण्डर महान् विश्व विजय गर्दै भारतसम्म आइपुगेका थिए । भारतबाट फर्कन लाग्दा त्यहाबाट सोभिनियरको रूपमा एक ज्ञानी सन्त लैजाने उनले विचार गरे र आफ्ना सैनिकलाई सन्त खोज्न निर्देशन दिए । सैनिकहरू खोज्दै डण्डामिसको झुपडीमा पुगे । र, सम्राटले बोलाएको कुरा राखे ।

प्रेरणा
विचार र संघर्षले दिन्छ सफलता
2081-08-01

विचार र संघर्षले दिन्छ सफलता

चालिस लाख वर्ष अघि अफ्रिकामा रहने एक जमात बाँदरमा रूखबाट झरेर हिड्ने भाव जाग्छ । उनीहरूले रूख छोड्छन् र उभिएर हिड्न संघर्ष गर्दछन् । उनीहरू अष्ट्रेलोपिथिकस (LUCY) जातका बादर थिए ।

प्रेरणा

Download Our App

Get it on Google PlayDownload on the App Store