logo
सबै प्रेरणाहरू हेर्नुहोस्
प्रेरणादायक सामग्री

तपाई कती धनी ?

2081-08-11
तपाई कती धनी ?
अलेक्जेण्डर महान् विश्व विजय गर्दै भारतसम्म आइपुगेका थिए । भारतबाट फर्कन लाग्दा त्यहाबाट सोभिनियरको रूपमा एक ज्ञानी सन्त लैजाने उनले विचार गरे र आफ्ना सैनिकलाई सन्त खोज्न निर्देशन दिए । सैनिकहरू खोज्दै डण्डामिसको झुपडीमा पुगे । र, सम्राटले बोलाएको कुरा राखे । डण्डामिस एक महान् सन्त थिए । उनलाई कुनै कुराको लोभ थिएन । त्यसर्थ उनले जानबाट इन्कार गरे । सैनिकद्वारा धेरै प्रयाश गर्दा पनि डण्डामिस जान नमानेपछी स्वयं अलेक्जेण्ड त्यहा आइ भने, 'म आधा राज्यको सम्राट हु, मसँग हिड्नुहोस् ।' यो सुनेर डण्डामिसले भने, 'सम्राट अरे, हेर्दा त तँ भिखारी देखिन्छस् नि !' यो वाक्य सुनेर सम्राट रन्थनिन्छन यद्यपी आफूलाई सम्हाल्दै उनले च्याप्प डण्डामिसको हात समात्छन् र भन्दछन्, 'मलाई भिखारी त भन्नुभयो अब प्रमाणित गरेर देखाउनुस अन्यथा म जे पनि गर्न सक्दछु ।' डण्डामिस हास्दै भन्दछन्, 'सत्यलाई प्रमाणित गर्नु कुन ठूलो कुरा भयो र ! सोच्नुस्, मानौ तपाई र म मरूभूमिमा हरायौ, तपाईका सेना, तपाईका मान्छे सबै हराए । कयौ दिनसम्म खान पाइएन । पानीसमेत पिउन पाइएन । त्यस्तो अवस्था जहाँ अर्को एक घण्टा पनि पानी पिउन पाउनुभएन भने तपाई मर्नुहुन्छ । तपाई पानी पानीऽ भन्दै तड्पिरहनुभएको छ । त्यो अवस्थामा मैले एक लोटा पानी लिएर दिए भने त्यसको बदलामा के दिनुहुन्छ मलाई, भन्नुहोस् त ?' अलेक्जेण्डर महान् सिकन्दर सोचमग्न भए र जवाफ दिए, 'म सम्राट हुँ, जे पनि दिन सक्छु, तप त्यहा एक लोटा पानी भनेको पानी मात्र नभएर जिन्दगी हो ।' उनले अझै सोच्दै भने 'म एक घण्ट पछी मर्छु, पानीविना...' तर त्यो घण्ट पनि घट्दै थियो । अनी उनले हास्दै भने, - म आधी राज्य दिन्छु । नत्र मरिन्छ भन्ने उनलाई थाहा थियो । तर डण्डामिसले लोटालाइ घोप्ट्याउदै भने, 'अह! आधी राज्यले पाइदैन पानी, भन्नुस के दिनुहुन्छ ?' हाय! सबै पानी पोखीरहेको छ । उनी साह्रै निरीह बने । धेरै सोचे र सम्हालिदै भने, 'पानी सकिदै छ । मेरो मृत्य नजिकिदै छ, जम्मा आधी घण्टा...' सिकन्दर कम थिएनन् उनले भने, 'म एक लोटा पानीका लागि मेरो जीवनभर कमाएको सारा राज्य दिन्छु ।' डण्डामिसले हासेर भने - महाराज मैले अघि नै भनेको होइन तपाई भिखारी हुनुहुन्छ । जीवनभर कमाएको सम्पत्ती त एक लोटा पानी बराबर प्रमाणित भएन त ? सिकन्दर राजाहरूका राजा, एकजना भिखारीका समु खुट्टा समाउन झुके उनी । उनले भने यो सिकन्दर नभेको भए तपाईको चेलो बन्थ्यो...। उनले मर्नु अघी सबैलाई भने, म मरेपछी मेरो हात अर्थीबाट बाहिर निकालीदिनु । र, उनको मृत्यमा त्यसै गरियो । अर्थीबाट हात लमतन्न बाहिर निकालियो । सबै अचम्म परे । उनको यो अन्तिम शन्देस थियो - उनले सम्पूरण संसारलाई जिते तर मरेर जादाँ उनी रित्तो हात फर्किरहेका छन । यो कुरा सबै मान्छेहरूले बुझुन्... ।
यो प्रेरणा साझा गर्नुहोस्

अन्य प्रेरणादायक सामग्रीहरू

उद्देश्यको उडान
2082-02-23

उद्देश्यको उडान

'उद्देश्य के लिनु उडि छुनु चन्द्र एक' साथीहरू, “सानो उद्देश्य लिएर बाँच्नु अपराध हो।” यो अभिव्यक्ति भारतका पूर्व राष्ट्रपति डा. ए.पी.जे. अब्दुल कलामको हो। हामीलाई लाग्न सक्छ — किन नि, म त ठीकसँग बाँचिरहेको छु। मैले कसैलाई दुःख दिएको छैन, कसैमाथि अन्याय र अत्याचार गरेको छैन। त्यसैले म ठिकै छु भन्ने सोच राख्छौँ। तर याद राख्नुहोस्, साथीहरू, जीवनमा महान उद्देश्य नभएपछि मान्छे हुनु र नहुनुको कुनै अर्थ हुँदैन। त्यो भनेको मान्छे भएर पनि जनावर जस्तै बाँच्नु हो। त्यसैले, मान्छे धरतीमा आइसकेपछि, मान्छे भएर जन्मिसकेपछि, उ सँग कुनै बहाना हुनु हुँदैन कि मैले महान काम नगर्नुको कारण यो हो भनेर। साथीहरू, याद राख्नुहोस्, जसको जीवनमा महान सपना हुन्छ, महान उद्देश्य हुन्छ, ती मान्छेहरू हिटर जस्तो शक्तिशाली मान्छे बाट पनि मारिँदैनन्। संसारका सबैभन्दा कठोर र शक्तिशाली मानिसहरूले पनि तिनीहरूलाई सिध्याउन सक्दैनन्। यिनिहरूलाई संसारको सबैभन्दा ठूलो शक्तिले पनि दबाउन सक्दैन। यही हो अजेय शक्ति वा अपराजित शक्ति! यही हो मान्छे भित्रको वास्तविक मान्छे। त्यसैले हामीले अहिले नै सानो उद्देश्य लिएर बाँच्नु अपराध नगर्ने प्रतिज्ञा / संकल्प आजबाट, यहाँबाट नै गरौँ। श्रीषा पौडेल

प्रेरणा
ठूलो खतरा नै ठूलो सफलता
2081-08-07

ठूलो खतरा नै ठूलो सफलता

मार्क जुकरबर्ग सन् २००४ मा एक सामान्य विद्यार्थी थिए । उनी अमेरिकाको प्रसिद्ध हार्वर्ड युनिभर्सिटीमा पढ्दै थिए । हार्वर्ड बसाइकै क्रममा उनले एउटा हार्वर्ड कनेक्ट वेबसाइटबारे थाहा पाए । यो वेबसाइट क्यामरोन र टाइलर विंकलवस दाजुभाइले बनाएका थिए । यो वेबसाइट देखेपछि जुकरबर्गको मनमा यस्तै केही गर्न सके हुन्थ्यो भन्ने लाग्यो ।

प्रेरणा
आजको सुत्र
2082-02-25

आजको सुत्र

आजको सुत्र असफलताको डर लाग्छ, केहि गर्न नसकिएला कि भन्ने पिर लाग्छ, भने जस्तो साथ सहयोग पाइदैन, खोजे जस्तो आडभरोसा पनि छैन, एक्लै कति जुध्नु भन्ने प्रश्न उठ्छ । सबै सामान्य हो यो । सबैलाई लाग्छ । नभन्ने मात्रै हुन्, नत्र कसको जिन्दगीमा गच्छे अनुसारको पिर छैन ? जीवन यहि हो । यसमैं हो संघर्ष गर्नु पर्ने । यहि संघर्ष पछि पाइने हो खुसी र मिठो निन्द्रा । नथाक्नु है ।

प्रेरणा

Download Our App

Get it on Google PlayDownload on the App Store