Download Our App

Download on the App StoreGet it on Google Play
logo
  • Home
  • Gorkhapatra
  • Pricing
सबै प्रेरणाहरू हेर्नुहोस्
प्रेरणादायक सामग्री

ठूलो खतरा नै ठूलो सफलता

2081-08-07
ठूलो खतरा नै ठूलो सफलता
मार्क जुकरबर्ग सन् २००४ मा एक सामान्य विद्यार्थी थिए । उनी अमेरिकाको प्रसिद्ध हार्वर्ड युनिभर्सिटीमा पढ्दै थिए । हार्वर्ड बसाइकै क्रममा उनले एउटा हार्वर्ड कनेक्ट वेबसाइटबारे थाहा पाए । यो वेबसाइट क्यामरोन र टाइलर विंकलवस दाजुभाइले बनाएका थिए । यो वेबसाइट देखेपछि जुकरबर्गको मनमा यस्तै केही गर्न सके हुन्थ्यो भन्ने लाग्यो । धेरै सोचेपछि उनको मनमा फेसबुक बनाउने विचार फुर्‍यो । फेसबुक त बनाउने, तर कसरी ? कोसित मिलेर वा कसको सहयोगमा बनाउने ? उनी बडो असमञ्जसमा परे । त्यतिखेर उनीसित दुईवटा बाटा थिए । एउटा निकै सजिलो थियो । उनले तिनै विंकलवस दाजुभाइसित मिलेर बडो आरामसित बसीबसी फेसबुक बनाउन सक्थे । विंकलवस दाजुभाइले पनि उनको विचार पक्कै मन पराउने नै थिए । र, उनीहरू जुकरबर्गसित मिलेर काम गर्न पनि तयार हुने थिए । यसबाट जुकरबर्गले निकै कम समयमा फेसबुक बनाउन सक्ने थिए । तर, जुकरबर्गले यस्तो केही गरेनन् र यो सजिलो बाटो हिँड्ने विचार त्यागिदिए । उनले त फेसबुक बनाउने कठिन बाटोको यात्रा रोजे । उनले यस योजनामा एक्लै काम गर्ने विचार गरे । किनकि, उनलाई राम्ररी थाहा थियो कि उसले सजिलो बाटोबाट काम गर्दा विंकलवस दाजुभाइसित निकै समस्या उत्पन्न हुनेछन् र आफ्नो योजनाअनुसार काम अघि बढ्न, सम्पन्न हुन र त्यसबाट मुनाफा आर्जन गर्न निकै कठिन हुनेछ । साँच्चै जुकरबर्गले दोस्रो कठिन बाटो हिँड्न छाडेर पहिलो सरल बाटो रोजेका थिए भने आज उनी यो स्थानमा हुने थिएनन् । आज, उनीसित फेसबुककै कारण ६० अर्ब डलरभन्दा बढी सम्पत्ति छ ।
यो प्रेरणा साझा गर्नुहोस्

अन्य प्रेरणादायक सामग्रीहरू

विचार र संघर्षले दिन्छ सफलता
2081-08-01

विचार र संघर्षले दिन्छ सफलता

चालिस लाख वर्ष अघि अफ्रिकामा रहने एक जमात बाँदरमा रूखबाट झरेर हिड्ने भाव जाग्छ । उनीहरूले रूख छोड्छन् र उभिएर हिड्न संघर्ष गर्दछन् । उनीहरू अष्ट्रेलोपिथिकस (LUCY) जातका बादर थिए ।

प्रेरणा
प्रेरक भनाइ, जसले हाम्रो सोच बदल्छ
2081-08-06

प्रेरक भनाइ, जसले हाम्रो सोच बदल्छ

समय निरन्तर चलिरहन्छ, समयकै यात्रामा हामी हुन्छौ, यात्रा गरिरहेका हुन्छौ, कहिले गन्तव्यमा पुग्छौ त कहिले नपुग्दै थाक्छौ । सफलता असफलता हाम्रो सोचले पनि निर्धारण गर्छ, समयको पहिचान गरेऔ र कसैबाट प्रेरणा लिन सक्यौ भने हामी जीवनको दौडमा सफलता हासील गर्न सक्छौं ।

प्रेरणा
सफलताका लागि नकरात्मकताको उपयोग
2081-08-09

सफलताका लागि नकरात्मकताको उपयोग

नकारात्मक कुरा भनेको आगो जस्तै हुन्छ, सीधै छोएमा हात-खुट्टा जल्छ तर त्यसमाथी खाना बसालेमा पाक्छ । आगोलाई फालेमा खाना कस्ले पकाउछ ? अतः नकरात्मक कुराको सदुपयोग गर्नुबाटै मान्छे महान् बन्ने हो ।

प्रेरणा

About Us

Lok Sewa Tayari App - Nepal's trusted platform for PSC preparation. Get study materials, mock tests, and daily current affairs in one place. Track your progress and stay ahead with expert guidance. Achieve your government job dreams with us!

Sewa Services

    संगठित संस्थाहरुको पूर्व योग्यता परिक्षा Public Service CommissionNepal PoliceNepal ArmyEngineeringTeachers Service CommissionNepal Health ServiceDepartment of Security Services and InvestigationsBankingसंस्थान

Quick Links

  • About
  • Privacy Policy
  • Pricing
  • Contact Us
  • Syllabus
  • Practice
  • Motivations
  • News
  • Forum
  • FAQ
  • Nepali Patro

Contact

  • loksewatayariapp@gmail.com
  • +977 9815126740
  • Download App

© 2024 Loksewa Tayari App. All rights reserved | Powered By Nep Tech Pal