सफलताको निम्ति साहस

अन्य प्रेरणादायक सामग्रीहरू

प्रेरक भनाइ, जसले हाम्रो सोच बदल्छ
समय निरन्तर चलिरहन्छ, समयकै यात्रामा हामी हुन्छौ, यात्रा गरिरहेका हुन्छौ, कहिले गन्तव्यमा पुग्छौ त कहिले नपुग्दै थाक्छौ । सफलता असफलता हाम्रो सोचले पनि निर्धारण गर्छ, समयको पहिचान गरेऔ र कसैबाट प्रेरणा लिन सक्यौ भने हामी जीवनको दौडमा सफलता हासील गर्न सक्छौं ।

आजको सुत्र
आजको सुत्र असफलताको डर लाग्छ, केहि गर्न नसकिएला कि भन्ने पिर लाग्छ, भने जस्तो साथ सहयोग पाइदैन, खोजे जस्तो आडभरोसा पनि छैन, एक्लै कति जुध्नु भन्ने प्रश्न उठ्छ । सबै सामान्य हो यो । सबैलाई लाग्छ । नभन्ने मात्रै हुन्, नत्र कसको जिन्दगीमा गच्छे अनुसारको पिर छैन ? जीवन यहि हो । यसमैं हो संघर्ष गर्नु पर्ने । यहि संघर्ष पछि पाइने हो खुसी र मिठो निन्द्रा । नथाक्नु है ।

के तपाई माथी उठ्ने साहस गर्न सक्नुहुन्छ ?
सामान्य जीवनबाट माथी उठ्ने साहस गर्नेहरूले नै सफलता चुमेका छन् । चार्ली च्याप्लीन खानाका लागि भिख माग्दथे, अल्बर्ट आइन्स्टाइनले पिउनको नोकरी गर्थे, स्टिभ जब्स् फालिएका कवाडी बेच्दथे, राइट दाजुभाइ थोत्रा साइकल मर्मत गर्दथे, माइकल फराडे पत्रिका बेच्थे, जे के रोलिङले ह्यारी पोर्टर फालिएको कागजमा लएखेकी थिइन, जोन बेयर्डले गरिबी र तिरस्कारका बिच टिभीको आविष्कार गरेका थिए, टेलिफोनको आविष्कार त अध्यारो र गन्हाउने कोठामा भएको थियो ।
