भाग - ३५ संक्षिप्त नाम, प्रारम्भ र खारेजी
भाग - ३५
संक्षिप्त नाम, प्रारम्भ र खारेजी
३०७. संक्षिप्त नाम र प्रारम्भ:
(१) यस संविधानलाई नेपालको संविधान भनिनेछ।
(२) यो संविधान संवत् दुई हजार बहत्तर साल असोज महीनाको तीन गतेदेखि प्रारम्भ हुनेछ।
३०८. खारेजी:
नेपालको अन्तरिम संविधान, २०६३ खारेज गरिएको छ।
