Download Our App

Download on the App StoreGet it on Google Play
logo
  • Home
  • Gorkhapatra
  • Pricing

भाग - २८ राष्टि्रय सुरक्षा सम्बन्धी व्यवस्था

भाग - २८

राष्टि्रय सुरक्षा सम्बन्धी व्यवस्था

२६६. राष्टि्रय सुरक्षा परिषद:

(१) नेपालको समग्र राष्टि्रय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि नेपाल सरकार, मन्त्रिपरिषदलाई सिफारिस गर्न देहाय बमोजिमका अध्यक्ष र सदस्यहरू रहेको एक राष्टि्रय सुरक्षा परिषद रहनेछ:

(क) प्रधानमन्त्री अध्यक्ष (ख) नेपाल सरकारको रक्षा मन्त्री सदस्य (ग) नेपाल सरकारको गृह मन्त्री सदस्य (घ) नेपाल सरकारको परराष्ट्र मन्त्री सदस्य (ङ) नेपाल सरकारको अर्थ मन्त्री सदस्य (च) नेपाल सरकारको मुख्य सचिव सदस्य (छ) प्रधान सेनापति, नेपाली सेना सदस्य (२) रक्षा मन्त्रालयको सचिवले राष्टि्रय सुरक्षा परिषदको सदस्यय्.सचिव भई काम गर्नेछ।

(३) राष्टि्रय सुरक्षा परिषदले आङ्गनो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नेछ र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्री मार्फत संघीय संसद समक्ष पेश गर्न लगाउनेछ।

(४) राष्टि्रय सुरक्षा परिषद सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ।

२६७. नेपाली सेना सम्बन्धी व्यवस्था :

(१) नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्टि्रय एकताको रक्षाका लागि यस संविधानप्रति प्रतिबद्ध समावेशी नेपाली सेनाको एक संगठन रहनेछ।

(२) राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुनेछ।

(३) नेपाली सेनामा महिला, दलित, आदिवासी, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम, पिछडा वर्ग तथा पिछडिएको क्षेत्रका नागरिकको प्रवेश समानता र समावेशी सिद्धान्तको आधारमा संघीय कानून बमोजिम सुनिश्चित गरिनेछ।

(४) नेपाल सरकारले नेपाली सेनालाई संघीय कानून बमोजिम विकास निर्माण र विपद व्यवस्थापन लगायतका अन्य कार्यमा समेत परिचालन गर्न सक्नेछ।

(५) राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा प्रधान सेनापतिको नियुक्ति र पदमुक्ति गर्नेछ।

(६) नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्टि्रय सुरक्षा परिषदको सिफारिशमा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुनेछ।

नेपाली सेना परिचालनको घोषणा भएको मितिले एक महीनाभित्र प्रतिनिधि सभाबाट अनुमोदन हुनु पर्नेछ।

(७) नेपाली सेना सम्बन्धी अन्य व्यवस्था कानून बमोजिम हुनेछ।

२६८. नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्टि्रय अनुसन्धान संगठन सम्बन्धी व्यवस्था:

(१) संघमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्टि्रय अनुसन्धान विभाग रहनेछन्।

(२) प्रत्येक प्रदेशमा प्रदेश प्रहरी संगठन रहनेछ।

(३) नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी व्यवस्था संघीय कानून बमोजिम हुनेछ।

(४) नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्टि्रय अनुसन्धान विभाग सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ।

About Us

Loksewa Tayari - Nepal's trusted platform for PSC preparation. Get study materials, mock tests, and daily current affairs in one place. Track your progress and stay ahead with expert guidance. Achieve your government job dreams with us!

Sewa Services

    संगठित संस्थाहरुको पूर्व योग्यता परिक्षा Public Service CommissionNepal PoliceNepal ArmyEngineeringTeachers Service CommissionNepal Health ServiceDepartment of Security Services and InvestigationsBankingसंस्थान

Quick Links

  • About
  • Privacy Policy
  • Pricing
  • Contact Us
  • Syllabus
  • Practice
  • Nepali Typing Practice
  • Motivations
  • News
  • Forum
  • FAQ
  • Nepali Patro
  • Verified Nepali Patro

Contact

  • loksewatayariapp@gmail.com
  • +977 9815126740
  • Download App

© 2026 Loksewa Tayari. All rights reserved | Powered By Nep Tech Pal