अनुसूची ९ संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची
अनुसूची ९
संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची
(धारा ५७ को उपधारा (५), धारा १०९, धारा १६२ को उपधारा (४), धारा १९७, धारा २१४ को उपधारा (२), धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा (१) सँग सम्बन्धित) संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची
१.सहकारी
२.शिक्षा, खेलकूद र पत्रपत्रिका
३.स्वास्थ्य
४.कृषि
५.विद्युत, खानेपानी, सिंचाइ जस्ता सेवाहरू
६.सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क
७.वन, जंगल, वन्यजन्तु, चराचुरुंगी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता
८.खानी तथा खनिज
९.विपद व्यवस्थापन
१०.सामाजिक सुरक्षा र गरीबी निवारण
११.व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्यांक
१२.पुरातत्व, प्राचीन स्मारक र संग्रहालय
१३.सुकुम्बासी व्यवस्थापन
१४.प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी
१५.सवारी साधन अनुमति
