Download Our App

Download on the App StoreGet it on Google Play
logo
  • Home
  • Gorkhapatra
  • Pricing

अनुसूची ७ संघ र प्रदेशको साझा अधिकारको सूची

अनुसूची ७

संघ र प्रदेशको साझा अधिकारको सूची

(धारा ५७ को उपधारा (३), धारा १०९, धारा १६२ को उपधारा (४), धारा १९७ सँग सम्बन्धित) संघ र प्रदेशको साझा अधिकारको सूची

१.फौजदारी तथा देवानी कार्यविधि र प्रमाण र शपथ(कानूनी मान्यता, सार्वजनिक कार्य र अभिलेख र न्यायिक प्रक्रिया)

२.आवश्यक वस्तु तथा सेवाको आपूर्ति, वितरण, मूल्य नियन्त्रण, गुणस्तर र अनुगमन

३.देशको सुरक्षासँग सम्बन्धित विषयमा निवारक नजरबन्द, कारागार तथा हिरासत व्यवस्थापन र शान्ति सुरक्षाको व्यवस्था

४.एक प्रदेशबाट अर्को प्रदेशमा अभियुक्त, थुनुवा र कैदीको स्थानान्तरण

५.पारिवारिक मामिला(विवाह, सम्पत्ति हस्तान्तरण, सम्बन्ध विच्छेद, लोपोन्मुख, टुहुरा, धर्मपुत्र, धर्मपुत्री उत्तराधिकार र संयुक्त परिवार)सम्बन्धी कानून

६.सम्पत्ति प्राप्ति, अधिग्रहण र अधिकारको सृजना

७.करार, सहकारी, साझेदारी र एजेन्सी सम्बन्धी

८.टाट पल्टेको र दामासाही सम्बन्धी

९.औषधि र विषादि

१०.योजना, परिवार नियोजन र जनसंख्या व्यवस्थापन

११.सामाजिक सुरक्षा र रोजगारी, ट्रेड युनियन, औद्योगिक विवादको समाधान, श्रमिकका हक, अधिकार र विवाद सम्बन्धी कार्य

१२.कानून व्यवसाय, लेखापरीक्षण, इन्जिनियरिङ, चिकित्सा, आयुर्वेद चिकित्सा, पशु चिकित्सा, आम्ची र अन्य पेशा

१३.प्रदेश सीमा नदी, जलमार्ग, वातावरण संरक्षण, जैविक विविधता

१४.सञ्चार माध्यम सम्बन्धी

१५.उद्योग तथा खनिज र भौतिक पूर्वाधार

१६.क्यासिनो, चिठ्ठा

१७.प्राकृतिक तथा गैर प्राकृतिक विपद पूर्व तयारी, उद्धार तथा राहत र पुनर्लाभ

१८.पर्यटन, खानेपानी तथा सरसफाइ

१९.चलचित्र, सिनेमा हल, खेलकूद

२०.बीमा व्यवसाय सञ्चालन र व्यवस्थापन

२१.गरीबी निवारण र औद्योगीकरण

२२.वैज्ञानिक अनुसन्धान, विज्ञान प्रविधि र मानव संसाधन विकास

२३.अन्तरप्रादेशिक रूपमा फैलिएको जंगल, हिमाल, वन संरक्षण क्षेत्र जल उपयोग

२४.भूमि नीति र सो सम्बन्धी कानून

२५.रोजगारी र बेरोजगार सहायता

About Us

Loksewa Tayari - Nepal's trusted platform for PSC preparation. Get study materials, mock tests, and daily current affairs in one place. Track your progress and stay ahead with expert guidance. Achieve your government job dreams with us!

Sewa Services

    संगठित संस्थाहरुको पूर्व योग्यता परिक्षा Public Service CommissionNepal PoliceNepal ArmyEngineeringTeachers Service CommissionNepal Health ServiceDepartment of Security Services and InvestigationsBankingसंस्थान

Quick Links

  • About
  • Privacy Policy
  • Pricing
  • Contact Us
  • Syllabus
  • Practice
  • Nepali Typing Practice
  • Motivations
  • News
  • Forum
  • FAQ
  • Nepali Patro
  • Verified Nepali Patro

Contact

  • loksewatayariapp@gmail.com
  • +977 9815126740
  • Download App

© 2026 Loksewa Tayari. All rights reserved | Powered By Nep Tech Pal