अनुसूची ६ प्रदेशको अधिकारको सूची
अनुसूची ६
प्रदेशको अधिकारको सूची
(धारा ५७ को उपधारा (२), धारा १६२ को उपधारा (४), धारा १९७, धारा २३१ को उपधारा (३), धारा २३२ को उपधारा (७), धारा २७४ को उपधारा (४) र धारा २९६ को उपधारा (४) सँग सम्बन्धित) प्रदेशको अधिकारको सूची
१.प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा
२.नेपाल राष्ट्र बैंकको नीति अनुरुप वित्तीय संस्थाहरुको सञ्चालन, सहकारी संस्था, केन्द्रको सहमतिमा वैदेशिक अनुदान र सहयोग
३.रेडियो, एफ.एम, टेलिभिजन सञ्चालन
४.घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन, कृषि आयमा कर, सेवा शुल्क दस्तुर, दण्ड जरिवाना
५.प्रदेश निजामती सेवा र अन्य सरकारी सेवा
६.प्रदेश तथ्यांक
७.प्रदेश स्तरको विद्युत, सिचाइ र खानेपानी सेवा, परिवहन
८.प्रदेश विश्वविद्यालय, उच्च शिक्षा, पुस्तकालय, संग्रहालय
९.स्वास्थ्य सेवा
१०.प्रदेश सभा, प्रदेश मन्त्रिपरिषद सम्बन्धी
११.प्रदेशभित्रको व्यापार
१२.प्रदेश लोकमार्ग
१३.प्रदेश अनुसन्धान ब्युरो
१४.प्रदेश सरकारी कार्यालयहरूको भौतिक व्यवस्थापन र अन्य आवश्यक विषय
१५.प्रदेश लोक सेवा आयोग
१६.भूमि व्यवस्थापन, जग्गाको अभिलेख
१७.खानी अन्वेषण र व्यवस्थापन
१८.भाषा, लिपि, संस्कृति, ललितकला र धर्मको संरक्षण र प्रयोग
१९.प्रदेशभित्रको राष्टि्रय वन, जल उपयोग तथा वातावरण व्यवस्थापन
२०.कृषि तथा पशु विकास, कलकारखाना, औद्योगिकीकरण, व्यापार व्यवसाय, यातायात,
२१.गुठी व्यवस्थापन
