अनुसूची ५ संघको अधिकारको सूची
अनुसूची ५
संघको अधिकारको सूची
(धारा ५७ को उपधारा (१) र धारा १०९ सँग सम्बन्धित) संघको अधिकारको सूची
१.रक्षा र सेना सम्बन्धी(क)राष्टि्रय एकता र भौगोलिक अखण्डताको संरक्षण(ख)राष्टि्रय सुरक्षा सम्बन्धी
२.युद्ध र प्रतिरक्षा
३.हातहतियार , खरखजाना कारखाना तथा उत्पादन सम्बन्धी
४.केन्द्रीय प्रहरी , सशस्त्र प्रहरी बल , राष्टि्रय गुप्तचर तथा अनुसन्धान , शान्ति सुरक्षा
५.केन्द्रीय योजना , केन्द्रीय बैंक , वित्तीय नीति , मुद्रा र बैंकिङ्ग , मौद्रिक नीति , विदेशी अनुदान , सहयोग र ऋण
६.परराष्ट्र तथा कूटनीतिक मामिला , अन्तर्राष्टि्रय सम्बन्ध र संयुक्त राष्ट्रसंघ सम्बन्धी
७.अन्तर्राष्टि्रय सन्धि वा सम्झौता , सुपुर्दगी , पारस्परिक कानूनी सहायता र अन्तर्राष्टि्रय सीमा , अन्तर्राष्टि्रय सीमा नदी ,
८.दूरसञ्चार , रेडियो फ्रिक्वेन्सीको बाँडफाँड , रेडियो , टेलिभिजन र हुलाक
९.भन्सार , अन्तःशुल्क , मूल्य अभिवृद्धि कर , संस्थागत आयकर , व्यक्तिगत आयकर , पारिश्रमिक कर , राहदानी शुल्क , भिसा शुल्क , पर्यटन दस्तुर , सेवा शुल्क दस्तुर , दण्ड जरिबाना
१०.संघीय निजामती सेवा , न्याय सेवा र अन्य सरकारी सेवा
११.जलस्रोतको संरक्षण र बहुआयामिक उपयोग सम्बन्धी नीति र मापदण्ड
१२.अन्तरदेशीय तथा अन्तरप्रदेश विद्युत प्रसारण लाइन
१३.केन्द्रीय तथ्यांक ( राष्टि्रय र अन्तर्राष्टि्रय मानक र गुणस्तर )
१४.केन्द्रीय स्तरका ठूला विद्युत , सिंचाइ र अन्य आयोजना तथा परियोजना
१५.केन्द्रीय विश्वविद्यालय , केन्द्रीयस्तरका प्रज्ञा प्रतिष्ठान , विश्वविद्यालय मापदण्ड र नियमन , केन्द्रीय पुस्तकालय
१६.स्वास्थ्य नीति , स्वास्थ्य सेवा , स्वास्थ्य मापदण्ड , गुणस्तर र अनुगमन , राष्टि्रय वा विशिष्ट सेवा प्रदायक अस्पताल , परम्परागत उपचार सेवा , सरुवा रोग नियन्त्रण
१७.संघीय संसद , संघीय कार्यपालिका , स्थानीय तह सम्बन्धी मामिला , विशेष संरचना
१८.अन्तर्राष्टि्रय व्यापार , विनिमय , बन्दरगाह , क्वारेन्टाइन
१९.हवाई उड्डयन , अन्तर्राष्टि्रय विमानस्थल
२०.राष्टि्रय यातायात नीति , रेल तथा राष्टि्रय लोकमार्गको व्यवस्थापन
२१.सर्वोच्च अदालत , उच्च अदालत , जिल्ला अदालत तथा न्याय प्रशासन सम्बन्धी कानून
२२.नागरिकता , राहदानी , भिसा , अध्यागमन
२३.आणविक ऊर्जा , वायुमण्डल र अन्तरिक्ष सम्बन्धी
२४.बौद्धिक सम्पत्ति ( पेटेन्ट , डिजाइन , टे्रडमार्क र प्रतिलिपि अधिकार समेत )
२५.नापय् . तौल
२६.खानी उत्खनन
२७.राष्टि्रय तथा अन्तर्राष्टि्रय वातावरण व्यवस्थापन , राष्टि्रय निकुञ्ज , वन्यजन्तु आरक्ष तथा सिमसार क्षेत्र , राष्टि्रय वन नीति , कार्बन सेवा
२८.बीमा नीति , धितोपत्र , सहकारी नियमन
२९.भूउपयोग नीति , बस्ती विकास नीति , पर्यटन नीति , वातावरण अनुकूलन
३०.फौजदारी , देवानी कानूनको निर्माण
३१.सुरक्षित छापाखाना
३२.सामाजिक सुरक्षा र गरीबी निवारण
३३.संवैधानिक निकायहरू , राष्टि्रय महत्वका आयोगहरू
३४.पुरातात्विक महत्वका स्थान र प्राचीन स्मारक
३५.संघ , प्रदेश र स्थानीय तहको अधिकारको सूचीमा वा साझा सूचीमा उल्लेख नभएको कुनै विषय तथा यो संविधान र संघीय कानूनमा नतोकिएको विषय
