Download Our App

Download on the App StoreGet it on Google Play
logo
  • Home
  • Gorkhapatra
  • Pricing

अनुसूची २ नेपालको राष्ट्रिय गान

अनुसूची २

नेपालको राष्ट्रिय गान

(धारा ९ को उपधारा (१) सँग सम्बन्धित) नेपालको राष्ट्रिय गान

सयौं थुँगा फूलका हामी एउटै माला नेपाली

सार्वभौम भई फैलिएका मेची महाकाली।

प्रकृतिका कोटीकोटी सम्पदाको आँचल

वीरहरूका रगतले स्वतन्त्र र अटल

ज्ञानभूमि शान्तिभूमि तराई पहाड हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल

बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल।

(३) ख घ रेखामा ख बाट क ख जति लिई ङ चिनो लाउने।

(४) ङ हुँदै क ख को समानान्तर पारेर क ग मा पर्ने बिन्दु च बाट शुरु गरी दाहिनेतिर छ सम्म क ख को लम्बाइ जति रेखा खिच्ने।

(५) ग र छ लाई जोड्ने।

(ख) चन्द्र बनाउने तरीका (६) क ख को चतुर्थांश जति क बाट दाहिनेमा ज चिनो लाउने र त्यहाँबाट माथि क ग को समानान्तर पारेर ग छ लाई झ मा छुने रेखा खिच्ने।

(७) ग च को आधा ञ बाट क ख को समानान्तर पारेर रेखा दायाँतिर खिची ग छ लाई ट मा छुने।

(८) ञ ट र ज झ रेखा काटिएको ठाउँमा ठ चिनो राख्ने।

(९) ञ र छ जोड्ने।

(१०) ञ छ र ज झ काटिएको बिन्दुमा ड चिनो लाउने।

(११) ड लाई केन्द्र मानी ख घ रेखालाई न्यूनतम अन्तर पर्ने गरी स्पर्श गर्दा हुने जति दूरी पर्ने गरी ज झ रेखाको तल्लो भागमा ढ चिनो लगाउने।

(१२) ड मा छोई क ख को समानान्तर रेखा बायाँबाट दायाँतिर खिच्ने र यसले क ग लाई छोएको बिन्दुको नाम ण राख्ने।

(१३) ठ केन्द्र लिएर ठ ढ व्यासार्द्धले तल्लो भागमा वृत्त खण्ड खिच्ने र ण ड बाट गएको रेखालाई यसले छोएको दुवै ठाउँमा क्रमशः त र थ नाम राख्ने।

(१४) ड लाई केन्द्र मानी ड थ व्यासार्द्धले तल्लो भागमा अर्ध वृत्ताकार त थ लाई छुने गरी खिच्ने।

(१५) ढ केन्द्र मानी ढ ड को व्यासार्द्धले त ढ थ वृत्त खण्डको दुवैतर्फ छुने गरी वृत्त खण्ड खिच्ने र यसले त ढ थ लाई छोएको विन्दुहरूको नाम क्रमशः द र ध राख्ने।

द ध लाई जोड्ने।

द ढ र ज झ काटिएको विन्दुको नाम न राख्ने।

ज्ञठज्ञ (१६) न लाई केन्द्र मानेर व्यासार्द्ध न ध ले त ढ थ को माथिल्लो भागमा दुवै ठाउँमा छुने गरी अर्ध वृत्ताकार खिच्ने।

(१७) न लाई केन्द्र मानेर व्यासार्द्ध न ड ले त ढ थ को माथिल्लो भागमा दुवै ठाउँमा छुने गरी वृत्त खण्ड खिच्ने।

(१८) यस अनुसूचीको नं. (१६) को अर्ध वृत्ताकार भित्र र नं. (१७) को वृत्त खण्ड बाहिर चन्द्रमाको आठवटा बराबरका कोण बनाउने।

(ग) सूर्य बनाउने तरीका (१९) क च को आधा प बाट क ख को समानान्तर पारेर ख ङ मा छुने गरी प फ रेखा खिच्ने।

(२०) ज झ र प फ काटिएको विन्दु ब केन्द्र मानेर ड ढ को व्यासार्द्धले वृत्ताकार पूरा खिच्ने।

(२१) ब लाई केन्द्र मानेर ठ ढ व्यासार्द्धले वृत्ताकार पूरा खिच्ने।

(२२) यो अनुसूचीको नं. (२०) को वृत्ताकार बाहिर र यो अनुसूचीको नं. ( २१) को वृत्ताकारभित्र परेको गोल घेराको बीच भागमा सूर्यको बाह्रवटा बराबरका कोणहरू दुई चुच्चाहरूले ज झ रेखामा छुने गरी बनाउने।

(घ) किनारा बनाउने तरीका (२३) न ढ को चौडाइ जति गाढा नीलो रंगको किनारा झण्डाको आकारको बाहिरी सबैतिरको सीमामा थप्ने, तर झण्डाको पाँच कोणहरूमा चाहिं बाहिरी कोणहरू पनि भित्रै सरहका बनाउने।

(२४) झण्डा डोरी लगाई प्रयोग गरेमा माथि बताइएकै पट्टी राख्ने।

झण्डा लट्ठीमा घुसार्ने हो भने क ग पिट्ट आवश्यक परे जति किनारा चौड्याउने।

डोरी वा लट्ठीको प्रयोगमा क ग को पट्टीमा प्वाल राख्ने ।

About Us

Loksewa Tayari - Nepal's trusted platform for PSC preparation. Get study materials, mock tests, and daily current affairs in one place. Track your progress and stay ahead with expert guidance. Achieve your government job dreams with us!

Sewa Services

    संगठित संस्थाहरुको पूर्व योग्यता परिक्षा Public Service CommissionNepal PoliceNepal ArmyEngineeringTeachers Service CommissionNepal Health ServiceDepartment of Security Services and InvestigationsBankingसंस्थान

Quick Links

  • About
  • Privacy Policy
  • Pricing
  • Contact Us
  • Syllabus
  • Practice
  • Nepali Typing Practice
  • Motivations
  • News
  • Forum
  • FAQ
  • Nepali Patro
  • Verified Nepali Patro

Contact

  • loksewatayariapp@gmail.com
  • +977 9815126740
  • Download App

© 2026 Loksewa Tayari. All rights reserved | Powered By Nep Tech Pal