अनुसूची १ नेपालको राष्टि्रय झण्डा
अनुसूची १
नेपालको राष्टि्रय झण्डा
(धारा ८ को उपधारा (२) सँग सम्बन्धित)
नेपालको राष्टि्रय झण्डा नेपालको राष्टि्रय झण्डा बनाउने तरीका (क) किनाराभित्रको आकार बनाउने तरीका
(१) एउटा सिमि्रक रंगको रातो कपडामा तल्लो भागमा चाहिएको जति लम्बाइको रेखा बायाँबाट दाहिनेतिर खिच्ने र यसलाई क ख नाम राख्ने।
(२) क बाट सीधा माथि ग सम्म क ख को लम्बाइ जतिमा क ख कै तृतीयांश थप्दा जति हुन्छ त्यति लामो हुने गरी क ग रेखा खिच्ने।
ज्ञठण् क ग मा क बाट क ख को लम्बाइ जति लिई घ चिनो लगाउने।
ख र घ जोड्ने।
