logo

लोकसेवा आयोगको परिक्षामा सोध्न सक्ने बस्तुगत प्रश्नहरु

Published Feb 12 2025Updated Feb 12 2025


१. ICIMOD को प्रधान कार्यालय कहाँ रहेको छ ?

उत्तर: ललितपुर, नेपाल

२. नेपाल सम्बतको सुरुवात कस्ले गरेको हो ?
उत्तर: संखधर साख्वा

३. BRI कुन देश सङ्ग सम्बन्धित छ?
उत्तर: चीन

४. गुरुङ जातीको मुख्य मान्छेलाई के भनिन्छ?
उत्तर: चिवा

५. कार्तिक नाच कस्ले सुरुवात गरेका हुन्?
उत्तर: सिद्धि नरसिंह मल्ल

६. कोभिड सङ्ग सम्बन्धित SMS को पूरा रुप के हो?
उत्तर: Social Distancing, use mask, use sanitizer and soap.

७. म्याग्नाकार्टा कुन देश सङ्ग सम्बन्धित छ?
उत्तर: बेलायत

८. इन्टरपोलको प्रधान कार्यालय कहाँ रहेको छ?
उत्तर: लियोन, फ्रान्स

९. मार्बलको लागि प्रसिद्ध जिल्ला कुन हो?
उत्तर: ललितपुर, नेपाल

१०. गण्डकी प्रदेशमा प्रदेश सभाको निर्वाचन क्षेत्र कतिवटा रहेका छन?
उत्तर: ३६

११. मास, भटमास, चना र केराउमा नमिल्ने कुन हो?
उत्तर: मास

१२. नेपालमा कृषि गणनाको सुरुवात कहिले देखि भएको हो?
उत्तर: बि.स. २०१८

१३. नेपाल जैबिक बिबिधतामा कति औं स्थानमा रहेको छ?
उत्तर: विश्वमा ४९ औं (नेपाल कतिऔंमा पर्छ भन्ने एकिन छैन, कतै २५ पनि लेखेको पाईन्छ। प्रश्नले कस्ले गरेको सर्वेक्षण अनुसार भनेर सोधेमा उत्तर दिन सजिलो हुने थियो।)

१४. ब्रुटल्यान्ड कमिसनको स्थापना कहिले भएको हो?
उत्तर: सन् १९८३

१५. YELLOW ALERT के सङ्ग सम्बन्धित छ?
उत्तर: जन्डिस

१६. ककेसियनमा कुन कुन देश पर्छ?
उत्तर: अर्मेनिया, अजरबैजन, जर्जिया

१७. बिचित्रताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ?
उत्तर: अस्ट्रेलिया

१८. चागुनारायणमा कुन भगवानको पुजा गरिन्छ?
उत्तर: बिष्णुको

१९. बजेट प्रक्रियामा P1, P2, P3 को अर्थ के हो?
उत्तर: योजना तथा कार्यक्रमको प्राथमिकरण

२०. ओजोन तह बिनास गर्ने प्रमुख कारक तत्व कुन हो?
उत्तर: CFCS

२१. सुर्तीमा कुन तत्व पाईन्छ?
उत्तर: निकोटिन

२२. आसियानको प्रधान कार्यालय कहाँ रहेको छ?
उत्तर: इन्डोनेसियाको जाकर्ता

२३. नारायणहिटी दरबारको डिजाईनर को हुन?
उत्तर: बि. फोर्न

२४. उत्तरगंगा नदी भनेर नेपालको कुन नदीलाई चिनिन्छ?
उत्तर: सानोभेरी नदी

२५. कुन कथन यहाँ गलत छ?
उत्तर: क) दिगो विकासका लक्ष्य १७ र सहायक लक्ष्य १६९ वटा छन।
ख) दिगो विकास १५औं योजना देखि सुरु भएको हो।
⇒ क सही, ख गलत

२६. सम्राट अशोकले आफ्नो धर्मपुत्री चारुमतिलाई कुन राजाको पालामा नेपाल ल्याएर आएका थिए?
उत्तर: राजा स्थुको (१४ औं किराती राजा)

२७. एन २०२३ मा अर्थशास्त्र तर्फ नोवेल पुरुस्कार पाउने व्यक्ति को हुन्?
उत्तर: क्लाउडिया गोल्डिन (USA)

२८. म्याग्नाकार्टामा राजा जोन द्वितियलाई हस्ताक्षर गर्न वाध्य पार्ने व्यक्ति को हुन्?
उत्तर: अंग्रेजी व्यारोन्य

२९. मलावी र नेपालबीच कहिले दौत्य सम्बन्ध कायम भएको हो?
उत्तर: सन् २०२३ फेब्रुअरी २

३०. सातगाउँले जात्रा कुन ठाउँमा मनाईन्छ?
उत्तर: कीर्तिपुर, काठमाडौँ


Related Posts

About Us

Lok Sewa Tayari App - Nepal's trusted platform for PSC preparation. Get study materials, mock tests, and daily current affairs in one place. Track your progress and stay ahead with expert guidance. Achieve your government job dreams with us!

© 2024 Loksewa Tayari App. All rights reserved | Powered By Nep Tech Pal

Download Our App

Download on the App StoreGet it on Google Play