लोकसेवा आयोगको परिक्षामा सोध्न सक्ने अति महत्वपूर्ण प्रश्नहरु

१. हाम्रो सौर्यमण्डलको सबैभन्दा बढि उपग्रह भएको ग्रह कुन हो ?
उत्तर: शनि
२. ३ तिरबाट पानी र बाँकी १ तर्फबाट जमिनले घेरेको महादेश कुन हो ?
उत्तर: युरोप
३. दक्षिण अमेरिका र अन्टार्कटिका जोड्ने नहरलाई के भनिन्छ?
उत्तर: डेक नहर
४. चितवन देखि दाङ बिचको भूगोललाई के भनिन्छ ?
उत्तर: मध्य तराई
५. नेपालका नदीहरुको पूर्ण लम्बाई कति रहेको छ ?
उत्तर: ४५००० कि.मि
६. धुपी सन्ना, लालिगुराँस जस्ता बनस्पति कति देखि कति उचाइमा पाइन्छन् ?
उत्तर: २१०१ मिटर देखि ३३५० मिटर सम्म (समशितोष्ण सदाबहार कोणधारी वनस्पति)
७. लम्दी हिमताल कुन जिल्लामा पर्दछ ?
उत्तर: सोलुखुम्बु
८. छतिवन दह, सुन दह कुन जिल्लामा पर्दछ ?
उत्तर: डोटी
९. औधोगिक क्रान्तिको समयमा जातको आधारमा श्रम गर्ने पुरानो परम्परालाई के भनिन्थ्यो ?
उत्तर: गिल्ड सिस्टम (Gild system)
१०. इटालीका शासक मुसोलिनिको हत्या कहिले भयो ?
उत्तर: सन् १९४५ अप्रिल २८
११. प्रथम विश्वयुद्धको आधार-युद्ध को रुपमा कुन युद्धलाइ मानिन्छ?
उत्तर: बाल्कोन युद्ध
१२. गोदावरीको १२ बर्ष मेला कुन राजको पालाबाट चलेको हो ?
उत्तर: निमिष राजा
१३. लिच्छिवीकालमा सेना नायक लाई के भनिन्थ्यो ?
उत्तर: गौल्मिक
१४. अपराधीलाई नगद दण्ड तिराउने व्यवस्थाा कुन राजाले गरे ?
उत्तर: जयस्थिति मल्ल
१५. रुद्रायणी नाच नाचिने नेपालको एकमात्र जिल्ला कुन हो ?
उत्तर: ललितपुर
१६. लिम्बु जातिले वर्षमा एक पटक गर्ने पितृपुजालाई के भनिन्छ ?
उत्तर: तोङसिङ
१७. मैथिली भाषाको विकास कुन राज्यकालमा भएको थियो?
उत्तर: डोय राज्य काल
१८. विलास मन्दीर भन्नाले कुन भवनलाई चिनिन्छ ?
उत्तर: बसन्तपुर दरबार
१९. दिर्घकालिन सोच अनुसार (२१००/०१) सम्ममा नेपालको गरिबि कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ?
उत्तर: ३ प्रतिशत
२०. हाल नेपालमा कति मेगावाट सम्मको विद्युत उत्पादन गरिएको छ ?
उत्तर: २,६६६ मे.वा
२१. नेपालसँग हवाई सम्झौता भएको पछिल्लो देश कुन हो ?
उत्तर: स्वीजरल्याण्ड (४२ औं)
२२. नेपाल र जर्मनी बिच कहिले श्रम सम्झौतामा हस्ताक्षर गरियो ?
उत्तर: सन् २०२३ अक्टोबर १० (२०८० असोज २३) कति बी मुलुक १२ औं मुलुक
२३. विश्व वन्यजन्तु कोषको स्थापना कहिले गरियो?
उत्तर: सन् १९६१ अप्रिल २९
२४. नेपालमा माछा संग्राहलय कहाँ रहेको छ ?
उत्तर: फेवा ताल, पोखरा
२५. संयुक्त राष्ट्र संघको महासभामा नेपालले पहिलोपटक कहिले सहभागिता जनयो ?
उत्तर: सन् १९५६ (११ औं महासभा, चुडाप्रशाद शर्माको नेतृत्वमा )
२६. दक्षिणबाट उत्तरतर्फ बहने नदी (कर्मनशा) कुन जिल्लामा पर्दछ?
उत्तर: ललितपुर
२७. चन्द्र कक्षले पृथ्वी कक्ष सतहलाई काट्ने रेखालाई के भनिन्छ ?
उत्तर: राहु र केतु
२८. भूगोलको नयाँ खोज कति औं शताब्दीबाट भएको हो ?
उत्तर: १८ औं शताब्दीबाट
२९. दुर्लभ जीवजन्तुको अध्ययन/अनुसन्धान गर्न महत्वपूर्ण मानिएको महासागर कुन हो ?
उत्तर: सुमेरु महासागर (Arctic ocean)
३०. उत्तर अमेरिकाको सबैभन्दा लामो हिमनदी कुन हो ?
उत्तर: बेरिङ हिमनदी